प्रिमियर लिगः यस सिजनको अन्तिम खेलहरु आज हुँदै
- आइतबार, ८ जेष्ठ, २०७९
- 1 month ago
- खेल

एजेन्सी । प्रिमियर लिगमा यस सिजन दुई क्लबले सानदार खेल प्रदर्शन गरे । आज प्रिमियर लिगको यस सिजनको अन्तिम खेलहरु हुँदेछन् । अन्तिम खेलले नै कुन क्लबले उपाधि बाजी मार्ने हो टुंगो लाग्नेछ ।
लिग लिडर म्यानचेस्टर सिटी ९० अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल म्यानसिटीभन्दा एक अंकले पछि रहेको छ । यी दुई क्लबबीच तीन सिजन अगाडि पनि यस्तै प्रतिस्पर्धा भएको थियो ।
जसमा म्यानसिटीले बाजी मार्न सफल भएको थियो । आज हुने अन्तिम खेलमा म्यानसिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ भने लिभरपुलले उल्भ्ससँग खेल्दैछ ।
त्यस्तै शिर्ष चारका लागि पनि अन्तिम खेल महत्वपुर्ण रहेकोछ । आर्सनल टोटनहम पराजित होस् भन्ने कामनाका साथ मैदानमा उत्रिदैछ । टोटनहम पराजित भएमा र आर्सनलले इभर्टनलाई पराजित गर्न सकेमा शिर्ष चारमा स्थान बनाउन सक्नेछ ।
टोटनहमको अन्तिम खेल भने सहज नै रहेको समिक्षकहरुको टिप्पणी छ । ६८ अंकका साथ टोटनहम चौथो स्थानमा रहेको छ भने आर्सनल ६६ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । रेलिगेनमा परेको क्लब नर्विचसँग टोटनहमले खेल्दैछ ।
त्यस्तै रेलिगेशनबाट बच्न लिड्स र बन्र्लीको प्रतिस्पर्धा रहेको छ । अन्तिम खेलमा बन्र्लीले न्युक्यासलसँग खेल्दैछ भने लिड्सले ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोलीको ३५ अंक रहेको छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
- 6 minutes ago

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 28 minutes ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु
- 32 minutes ago

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।