इस्टोनियाले रुसी राजदूत निष्कासित गरेपछि...

Global IME
Norvic Hospital

एजेन्सी । इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । 

 

रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताएका छन् । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो । विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिए । 

 

साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सिमित गर्न आदेश दिएको छ । मस्कोमा पनि अठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ । 

 

यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 7 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 9 minutes ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन

राहुल गान्धीको सांसद पद खारेज

  • 12 minutes ago
राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।