इथियोपियाको टिगरेमा पर्याप्त मात्रामा सहायता पुगेन
- मंगलबार, १३ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको थियो ।
सो सम्झौता बमोजिम टिगरेमा मानवीय सहायता वितरणको काम सुरु भएको छ । विद्रोहीहरुले यसअघि सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले वितरण गर्दै आएको सहायता वितरणको काम पनि हुन दिएका थिएनन् ।
हाल त्यहाँ सहायता वितरण गर्न दिइए पनि अहिले यहाँ आवश्यक परेजति सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता वितरणसम्बन्धी एजेन्सी, ओचाले जनाएको हो ।इथियोपियाली सरकार र टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा अघिल्लो महिना युद्धविराम भएर यहाँ गर्न पाउने शान्तिपूर्ण कार्यहरुको सम्झौता पनि भएको छ ।
त्यस अन्तर्गत यहाँका नागरिकलाई आवश्यक पर्ने सहायता वितरणको काम पनि परेकाले राष्ट्रसङ्घीय निकाय र ती निकायको समन्वयमा अन्य सहायता संस्थाहरुले वितरण गरिरहेका बताइएको छ ।
इथियोपियाली सरकार र सो फ्रन्टका बीचमा भएको युद्धविराम जारी छ र यसैमार्फत शान्ति स्थापनाका लागि वार्ताका माध्यमबाट पहल भइरहेको जनाइएको छ । टिगरेका कम्तीमा पनि ५० लाख मानिसलाई खाद्यान्नको आवश्यकता परेको बताइएको छ । यहाँका नागरिकलाई खाद्यान्न अभावसँगै बालबालिका कुपोषणको शिकार हुन पुगेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय बालकोषले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा टिगरेका करिब ३० प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।