इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ ।

 

इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए ।

 

लिऊका अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक रकममध्ये ८५ प्रतिशत चीनले इथियोपियालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । बाँकी १५ प्रतिशत इथियोपिया सरकारले व्यहोर्ने छ ।

 

यस औद्योगिक क्षेत्रमा खासगरी विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने कारखाना रहनेछन् । लिऊका अनुसार जमिनको व्यवस्था गर्ने तथा लगानीसँग सम्बन्धित कार्यविधि टुङ्गो लागिसकेको छ ।

 

अदामा शहरमा यो दोस्रो औद्योगिक क्षेत्र हो । चिनियाँ लगानी र दक्षता प्रयोग भइरहेको अदामा पछिल्ला केही वर्षदेखि प्रमुख व्यापारिक केन्द्र बन्दै गएको छ । 

 

अदामा शहरमा यसअघि निर्माण गरिएको पहिलो औद्योगिक क्षेत्र पनि चिनियाँ सहयोगमै तयार भएको हो । इथियोपियाली प्रधानमन्त्री अबिए अहमदले गत वर्ष अक्टोबरमा यस औद्योगिक क्षेत्रको उदघाटन गरेका थिए । यो औद्योगिक क्षेत्र १४ करोड ६० लाख डलरको लागतमा निर्माण भएको थियो ।

 

हाल निर्माणको क्रममा रहेको दोस्रो औद्योगिक क्षेत्र करिब १०० हेक्टरमा फैलिएको छ । यस औद्योगिक क्षेत्रमा करिब २५ हजार इथियोपियाली नागरिकले रोजगारी प्राप्त गर्न सक्नेछन् । सन् २०२५ सम्ममा इथियोपियालाई औद्योगिक राष्ट्र बनाउने अभियानलाई यस परियोजनाले ठूलो मद्दत गर्नेछ ।


थप समाचार

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 7 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 20 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 36 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।