'अब इयूको सुरक्षा अमेरिकामा आश्रित छैन'
- मंगलबार, १२ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

पेरिस, फ्रान्स । यूरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफूले इयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताएका छन् ।
फ्रान्सका राष्ट्रपतिले कूटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भने, “यूरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन । यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो ।”
गृष्मकालीन विदापछि काममा फर्कने सन्दर्भमा आगामी दिनका कार्ययोजनालाई छलफल गर्न बसेको करिब २५० कूटनीतिज्ञ, सांसद तथा अन्तराष्ट्रिय विषयका जानकारहरू श्रोता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “प्रस्ताव ‘आगामी केही महिना’मा सार्वजनिक गरिने छ ।”
मैले रुससहित इयू सदस्य राष्ट्रसँग हाम्रो सुरक्षाको सविस्तार समीक्षा गर्न जरुरी ठानेको छु, म्याक्रोँले भने ।
फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया परम्परागत उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) सहयोगी मुलुकसँग अमेरिकालाई टाढा राख्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको श्रृङ्खलावद्ध सङ्केतहरूपछि आएको हो ।
म्याक्राेँले इयूको वर्तमान् अवस्थालाई व्यापक सुधार ल्याउने प्रतिवद्धताका साथ गत बर्ष फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको इयू क्षेत्रको सुरक्षाका लागि छुट्टै बजेटसहित व्यापक राजनीतिक सुधारको नारालाई लिएर अहिलेसम्म विमति व्यक्त भएका छैनन् ।
मङ्गलबार डेनमार्क तथा फिनल्याण्डको तीन दिन लामो भ्रमणमा निस्कन लाग्नुभएका आफ्नो पछिल्लो योजनामा समर्थन जम्मा गर्ने पहल गर्ने अनुमानहरू गरिएको छ ।
“हामीले नयाँ पहल लिनु र नयाँ गठबन्धन बनाउनु जरुरी छ,” उनले थपे ।
फ्रान्सले राष्ट्रियताबारे जागृत भएको र अतिवादले कडा स्वरुप लिइरहेका समय यसबाट बच्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 3 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।