Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालझण्डै १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

झण्डै १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

Techie IT