युरोपमा कोरोनाका कारण मार्चसम्ममा थप ७ लाखको ज्यान जानसक्नेः विश्व स्वास्थ्य संगठन

Norvic Hospital

एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना महामारी नियन्त्रणमा आउन नसके यही अवस्थामा थप सात लाखले ज्यान गुमाउने चेतावनी दिएको छ । 

 

कोरोनाका कारण युरोपमा हालसम्म १५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण मार्चसम्ममा थप ७ लाखको ज्यान जान सक्ने चेतावनी दिएको हो । 

 

महामारीको केन्द्रबिन्दुको रूपमा पुनः युरोप देखिएको छ । केही राष्ट्रहरूमा सुस्त खोपको प्रयोग, अत्यधिक संक्रामक डेल्टा संस्करण, चिसो मौसमले मानिसहरूलाई फेरि घरभित्रै सर्ने र प्रतिबन्धहरू सहज बनाउनु प्रमुख कारण रहेको बताइएको छ । 

 

कोरोना संक्रमण बढेपछि अष्ट्रियामा पुनः लकडाउन घोषणा गरिएको छ । जर्मनी र नेदरल्याण्ड नयाँ प्रतिबन्ध लगाउने तयारीमा रहेको बताइएको छ । 

 

युरोपियन युनियनका ६७.७ प्रतिशत जनसंख्याले पुर्णरुपमा खोप लगाइसकेका छन् । 

 

एक रिपोर्टका अनुसार युरोपका ५३ देशमा कोरोना संक्रमण बढेको छ । मृत्युदर पनि दुई गुणाले बढेको छ । सेप्टेम्बरको अन्तिम हप्तामा २१०० जनाको मृत्यु भएको थियो भने नोभेम्बरमा आइपुग्दा एकहप्तामा झण्डै ४२०० जनाको मृत्यु भएको बताइएको छ । 

 

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 8 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 9 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 22 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।