युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
- सोमबार, १५ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

ब्रसेल्स । युरोपेली क्षेत्र ९युरोजोन०मा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८।१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।
युरोस्टाटका अनुसार वित्तीय सेवासम्बन्धी फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणले अनुमान गरेको ८।२ प्रतिशतभन्दा यो केही कम हो । पछिल्लो सर्वेक्षणले युरोजोनमा सकारात्मक सङ्केत देखा परेको विश्लेषकहरुले बताएका छन् ।
युरोस्टाटले २८ सदस्यीय युरोपेली युनियनमा एक करोड ६६ लाख काम गर्ने उमेरका युरोपेलीहरुले रोजगारी पाउन नसकेको जनाएको छ । यीमध्ये एकल मुद्रा प्रयोग गर्ने युरोजोनका मुख्य १९ वटा देशमा एक करोड ३२ लाख व्यक्ति बेरोजगार छन् ।
युरोजोनमा बेरोजगारी दर घट्दैछ । सन् २०१३ को अप्रिल र जुन महिनामा यो दर १२।१ प्रतिशतसम्म पुगेको थियो । सन् २००७–२००८ को वित्तीय सङ्कट अघि युरोजोन राष्ट्रहरुमा बर्सेनि औसतमा ७।४ प्रतिशतको बेरोजगार दर रहेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
- 4 minutes ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 47 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 58 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।