इभोलुशन डान्स क्रु समूहद्वारा राहत सामग्री वितरण

  • शुक्रबार, ३० जेष्ठ, २०७७
  • 4 months ago
  • युके

लण्डन । बेलायतस्थित बेजिंगस्टोकका नेपाली युवाहरुको समुह ‘इभोलुशन डान्स क्रु’ ले पोखरामा विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । लकडाउनको कारण काम गुमाएका पोखरा महानगरपालिका वडा नं १ बगरस्थित भिमकाली पाटनका ४० परिवारलाइ राहत सामग्री वितरण गरेको हो । 

 

विदेशमै जन्मिएपनि नेपाली भावना र नेपालको मायामा ओतप्रोत किशोर किशोरीहरुको उक्त समूहले बेलायतमा हुने बिभिन्न कार्यक्रमहरुमा नेपाली कलापूर्ण सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्ने गर्दछन । उनीहरुले बेलायतमा बढ्दै गरेका नयाँ नेपाली पुस्ताहरुलाई नेपाली गीत संगीत सिकाउदै त्यसलाई समाजमा प्रस्तुत गर्ने गर्दछन भने त्यहि प्रस्तुतिबाट संकलित रकम उनीहरुले समाजसेवामा लगाउने उदेश्य लिएका छन्। 

 

यस समूहले विगतमा पनि पोखराको संस्कृत बिद्यालयमा इ–लाइब्रेरी स्थापना गरिदिएका छन् भने, क्यान्सर पिडित बिरामीको उपचारको लागि समेत सहयोग जुटाएका थिए। यसै शिलशिलामा अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने योजना बनाएका उनीहरुले हाल कोरोनाको महामारीमा लकडाउनमा परेर काम र माम बिहिन भएका विपन्न परिवारलाई सहयोग गरेका हुन्। 

 

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको झन्डै ३ महिना पुगेको बेला रोजगारी गुमाएर दैनिक खर्च चलाउन समस्यामा परेका नागरिकहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरिएको कुरा इभोलुशन डान्स क्रुका संयोजक निश्चल गुरुङले बताए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 4 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 5 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।