चित्रकारको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्ड
- शुक्रबार, ९ मंसिर, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो ।
अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रूरतापूर्वक हत्या गरेका थिए । एक जना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टक्राटुक्रा परी अन्तिममा जलाएका थिए । ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।
चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन । मृत्युदण्डको सजाय सुनाइएकालाई आजिवन काराबासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन् । अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो काराबासको सजायमा रुपान्तरण हुनसक्नेछ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 9 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।