प्रचण्डकी नातिनीको गीतको भिडियोको लागत १६ लाख !

काठमाडौँ । पछिल्लो केही वर्षयता हरेक गीतको म्युजिक भिडियो प्रायः अनिवार्य नै जस्तो बनेको छ । गीतलाई सुन्नेभन्दा हेर्ने समय आएको कारणले गर्दा बजारमा आएका प्रायः हरेक गीतको म्युजिक भिडियो बन्ने गरेको छ । 

 

उक्त भिडियोहरु सामाजिक संजाल युट्युबमा राख्ने गरिएको छ । नेपालमा हरेक महिना सयौं गीतको भिडियो युट्युबका बिभिन्न च्यानलमा अपलोड हुने गरेको छ । सन् २०१९ को अगष्ट ६ मा गज्जब टिभी नामक युट्युब च्यानलमा अपलोड गरिएको ‘मायालु तिमी कता छौ’ बोलको गीतको भिडियोलाई नेपालको सर्वाधिक बजेटमा तयार भएको भिडियो भन्ने गरिएको छ । सामान्यतयाः नेपालमा एउटा गीतको भिडियो बनाउनको लागि औषतमा ४ लाख खर्च हुने गरेको छ । तर, कलाकारहरु, भिडियो निर्माण टिम, लोकेशन लगायतको आधारमा भिडियोको खर्च तलमाथि हुने गर्छ । अभिनेता पल शाहले केही दिनअघि एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा नेपालमा सर्वाधिक बजेटमा बनेको भिडियोको ‘मायालु तिमी कता छौं’ रहेको र उक्त भिडियो बनाउनको लागि १६ लाख खर्च भएको आफूलाई जानकारी रहेको बताए । स्मिता दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको गीतको भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् । स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

 

 

भिडियोमा चर्चित डान्सिङ समूह ‘कार्टुन क्रु’का सदस्य सरोज अधिकारी तथा आश्मा विश्वकर्मा लगायतका कलाकारहरुको को अभिनय रहेको छ । भिडियो सुटिङको क्रममा आश्मा बेहोस भएकी थिइन् । उनलाई करिब ५ घण्टा अस्पतालमा राख्नुपरेको थियो । 

 

शुभ मिडिया होमको प्रस्तुतिमा तयार भएको भिडियोमा निकै राम्रो सेट बनाईएको छ । राजु पेन्टरले डिजाइन गरेको सेटको लागि मोटो रकम खर्च भएको बताईएको छ । भिडियोलाई स्टन्ट तथा भीएफएक्सको समेत प्रयोग भएको छ । भिडियोमा राजकुमार उप्रेतीको स्टन्ट रहेको छ भने अर्जुन पोखरेलको भीएफएक्स रहेको छ । भिडियोलाई सञ्जय लामाले खिचेका हुन् भने कन्सेप्ट र कोरियोग्राफी बिक्रम स्वारको रहेको छ । सञ्जयले उक्त गीतको भिडियो खिच्दा फिल्म खिच्दाको अनुभव गरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, स्वारले भिडियो बनाउनको लागि निकै मेहनत गरेको र झण्डै फिल्मको बजेट बराबरको खर्च भएको बताएका छन् । 

 

राजनराज शिवाकोटीको संगित रहेको उक्त गीतको शब्द रचनाकार दिने थपलिया हुन् । 

 

भिडियोलाई दर्शकहरुले रुचाएका छन् । हालसम्म उक्त गीतको भिडियो २ करोड २७ लाख ५२ हजार भन्दा बढी पटक हेरिएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।