एफवान सफ्टले सम्पन्न गर्यो बैंकर्स मिटअप

Global IME
Norvic Hospital

काठमाडौँ। नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान एफवान सफ्ट  ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन्। भन्ने विषयमा छलफल भएको थियो। साथै कार्र्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो। कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।

 

राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने ‘हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये बंैकर्स मिट अप एक हो। यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ। हामीले बैंकिङ्ग उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ। यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ।

 

एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ्ग र बित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा  प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो। सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैकिङ्ग भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ। कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ। हाल एफवान गु्रप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, बससेवा, दियालो टेक्नोलोजिज लगायतका दर्जनौ कम्पनी सञ्चालनमा रहेका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 2 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 4 minutes ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन

राहुल गान्धीको सांसद पद खारेज

  • 7 minutes ago
राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।