फेसबुकमा बुबाको मुख हेर्दै आजका पिँढीहरु

Norvic Hospital

प्रायःबिहान एक चोटी फेसबुक हेर्नु । केहि रमाईला त केही हाम्रो समाजमा घटेका कुराहरुलाई नियालेर आफ्नो दैनिकी चलाउनु सबैको दिनचर्या नै बनेको छ । तर आजभोलि हामीलाई फेसबुकको यस्तो नशा चढेको छ कि बाथरुममा सेल्फी, बेडरुममा सेल्फी, सपिङ्ग गर्दा सेल्फी, पुरानो साथी भेटियो सेल्फी, ट्याक्सी चढे सेल्फी, हुँदाहुँदा बाटोमा कोही दुर्घटनामा पर्दा पनि उसलाई सहयोग गर्ने भन्दा पहिला फोटो लिनपुग्छौं । 

 

फेसबुकमा पोष्ट गर्नुप¥यो नि ‘दुर्घटनामा परेका दुइलाई उद्दार गरियो ३समाजसेवा’ । विचरा त्यो व्यक्ति जसलाई चोट लागेको छ, अस्पतालमा भर्ना भएको छ तर घरसम्म कुरा पुर्याउन सक्दैन् । त्यसको लागि त त्यो फेसबुक र फेसबुकवाला महान भयो । तर एकपटक सोचौं यदी कोही मानिस बाहिरबाट कामको सिलसिलाले सहर केही रहर बोकेर आएको हुन्छ र दुर्घटनामा केही सानो चोटपटक लागेर घाइते हुनपुग्छ । उसलाई त्यो सानो खबर घरसम्म सुनाएर किन परिवारलाई चिन्तित बनाउने भन्ने लागि रहेको बेला उसलाई घरबाट आत्तिँदै फोन आउँछ बाबु के भयो तलाई यो फेसबुकमा त ‘दुर्घटनामा चोट लागेर घाइते’ भनेर तेरो फोटो हालेको छ । त्यति बेला त्यो फेसबुक र फेसबुकवाला उक्त व्यक्तिको नजरमा के होला ?

 

लहर छ आजभोलि फेसबुकमा प्रतिस्पर्धा गर्ने चाहे लुगा लगाइमा होस् वा होटलमा गएर खाने कुरामा । अनि पोष्ट गरिन्छ ‘आज धेरै पछि मःमले बोलायो फिलिङ्ग हङ्ग्री’ भोक लागेको भए उसले मःम खानलाई बोलाएको हो की मःमले उसलाई । 

 

त्यस्तै आजभोली सबैभन्दा नराम्रो लहर चलेको छ बाबुआमाको प्रदर्शनी । आमाको मुख हेर्ने दिन मातातिर्थ औंशीमा आमाको फोटो प्रदर्शनी हुन्छ, अनि बाबुको मुख हेर्ने दिनमा बाबुको फोटो प्रदर्शनी चल्छ । तर विचरा कतिपय बाबुआमालाई फेसबुक भन्ने कुन चराको नाम हो त्यो पनि थाहा हुन्न ।

 

हामीहरु बिहानै उठेर कहिल्यै नदेखेका भगवानको थानलाई सफा गर्छौं, दियो बाल्छौं, पानी चढाउछौं अनि दुई हात जोडेर सात्सांगत द्वण्डवत प्रणाम गर्छाैं । भनेको लम्पसार परेर बिहानै फोटो तथा मुर्तिको पुजा गर्छौं । तर आफ्ना बाबुआमालाई कहिल्यै के छ कसो छ भनेर सोध्ने गरेका हुदैनौं, खाना के खान मन छ भनेर त कहिल्यै सोध्दैनम् । केहि छ भने पनि आफ्नो मन लागेको खाना वा वस्तु टर्काउछौं । 

 

अरु त अरु भैगो आमा र बाबुको मुख हेर्ने दिनमा पनि आफुलाई मन लागेको कुरा दिएर उहाँहरु खुसी भएको हेर्न चाहन्छौं । हामीहरुलाई थाहा नभएरै होला बुबाआमालाई बर्षको १ दिन महङ्गा वस्तु दिन्छौ अनि बर्षभर बिर्सिदिन्छौं । तर आमाबुबालाई महङ्गा वस्तु होइन माया र ममताको खाँचो हुन्छ त्यो त हामीसँग समय नै हुँदैन । 

 

सायद बुबाआमासँग समय नभएकै कारण हामी यहाँसम्म पुगका हौं ? हामीले आफ्नो सन्तानलाई जसरी तन, मन, धन सुम्पिन्छौं, त्यसरी नै हाम्रा बाआमाले नि सायद त्यसै गरेका होलान । हामी अहिले आफ्ना सन्तानलाई त्यही गरिरहेका छौं । तर पनि हाम्रो सोच कहिल्यै बदलिन्न् त्यसै कारण आमाबुबाले कति दुःख गरेर हामीलाई यहाँ सम्म पुर्याउनुभयो भन्ने चटक्क र्बिसन्छौं र भन्छौ मेरो लागि मेरा आमाबुबाले केहि गरेनन् गरेको भएआज म कहा पुग्थें । 

 

समयको चक्रमा त्यो दिन फेरी फर्किन्छ र अहिले आमाबुबाको ठाउँमा आफु र आफ्नो ठाउँमा सन्तानलाई राखेर सोच्नै बिर्सन्छन् । अनि बुढेसकालमा बसेर यो मेरो छोरो भनौदोले मलाई वास्तै गरेन् भन्छन् । जुन कुरा बच्चैदेखि सिकेको हुन्छ बच्चाले त्यहि कुरा गर्न नखोज्दा–नखोज्दै पनि भैरहेको हुन्छ । 

 

आफ्नो परिवार रहेका बालबच्चालाई बाबुआमाको माया र संस्कारले मात्र पुग्दैन् । घरमा रहेका बुजुर्गहरुको पनि माया, ममता र स्नेहको खाँचो पर्छ, जुन अहिलेको वर्तमान परिस्थितिले गर्दा सबैले जान्न जरुरी छ । छोराछोरी एउटा सानो बिजुलीबाट चल्ने यन्त्रमा रमाइरहेका छन् । 

 

घरमा कोठा थुनेर बस्ने बानी परेको छ । हजुरबा हजुरआमा फोटोमा मात्र राम्रो लाग्न थालेको छ । उहाँहरुले सिकेका कुराहरु हामीलाई सुम्पने प्रथा पनि हट्दै गएको छ । दिनभरीको व्यस्थता र बाँकी फुर्सदको समयलाई आजको सामाजिक सञ्जालले बनाएको व्यस्थताले गर्दा हामी हाम्रो अस्थित्व नै मेटाउन लागिरहेका छौं कि ?

 

हामीले गरेको सानो गलत प्रयासले हाम्रा नानीबाबुहरु प्रविधिको नाममा समाजबाट एक्लै बस्न बाध्य हुनेछन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 13 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 22 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 25 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।