किन वकिलले कालो कोट र सेतो शर्ट लगाउँछन् ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । सँधैजसो तपाईले फिल्ममा या विभिन्न समयमा वकिलहरुलाई देख्नु भएको होला र तपाईलाई राम्रोसँग थाहा होला कि वकिल कालो कोट र सेतो शर्ट लगाउँछन् ।

 

तर के तपाईलाई थाहा छ किन वकिलले कालो कोट लगाउँछन् ? किन अरु रङका कोट लगाउँदैनन् ? यो कुनै फेसन नभई यसपछाडि एक रहस्य रहेको छ । त्यसको बारेमा चर्चा गरौं ।

 

वकालतको सुरुवात वर्ष १३२७ मा एडवर्ड तृतीयले गरेका थिए र त्यस समय ड्रेस कोडको आधारमा न्यायधीशको भेषभुषा तयार गरिएको थियो । त्यस समय जजले आफ्नो सीरमा एक कपालवाला विग लगाउँथे । वकालतको सुरुवाती समयमा वकिल ४ भागमा बाँडिएका थिए जुन यसप्रकार थिए । स्टुडेन्ट (छात्र), प्लीडर (वकिल), बेन्चर र बेरिस्टर ।

 

यी सबैले जजको स्वागत गर्दथे । त्यस समय अदालतमा सुनौलो रातो कपडा र खैरो रङबाट बनेको गाउन लगाइन्थ्यो । त्यसपछि वर्ष १६०० मा वकिलहरुको भेषभूषामा परिवर्तन आयो । १६३७ मा यस्तो प्रस्ताव राखियो कि काउन्सिललाई जनताको अनुरुपनै कपडा लगाउनुपर्छ । त्यसपछि वकिलहरुले लामो गाउन लगाउन सुरु गरे ।

 

त्यस समय मानिन्थ्यो कि उनीहरुको भेषभूषाले न्यायधीश र वकिलहरुलाई फरक देखाउँथ्यो । सन् १६९४ मा बेलायती महारानी क्वीन म्यारीको दादुरा रोगले मृत्यु भयो । जसमा उनका पति राजा विलियम्सले सबै न्यायधीश र वकिललाई सार्वजनिक रुपमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकजुट हुन आदेश दिए ।

 

यस आदेशलाई कहिल्यै पनि रद्द गरिएन, जसकारण आजसम्म पनि यो प्रथा चलिआएको छ कि वकिल कालो गाउन लगाउँछन् । अब त कालो कोट वकिलहरुको पहिचान बनेको छ । मान्ने गरिन्छ कि कालो कोट र सेतो शर्ट वकिलहरुलाई अनुशासनमा राख्दछ र उनीहरुमा न्याप्रति विश्वास जगाउँछ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • 2 minutes ago
क्यानको बोर्ड बैठक चितवनमा बस्ने

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

  • 12 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ९ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  • 45 minutes ago
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।