‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

बर्दिया । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसकेका छन् । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश गरेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । उनी गुनासो गर्छन्, “छोरीको न लास पाइयो न सास ।”

 

विसं २०६० मा नेपालगञ्जमा अध्यनरत छोरी दीपाको सुरक्षाकर्र्मीको टोलीले नियन्त्रण लिएका थिए । त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाईमा बसेका उनलाई बुढ्यौलीले छोइसकेको छ । “त्यस घटनापछि देशमा अनेक सरकार फेरिए शैली उस्तै छ,” उनले भने, “हाम्रा सन्ततिको रगत बगेर विष बन्यो । पद पाएपछि नेताले सबै भुले ।” 

 

बढैयाताल गाउँपालिका–५ जगतिया गाउँको मगन्ती थारुको पीडा पनि उस्तै छ । विसं २०५८ मंसिर २७ गते श्रीमान शिवशरण कोहलपुर आफन्त कहाँ जाँदा बाटोमा पक्राउ गरे । चार महिना विभिन्न हिरासतमा यातना सहँदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिएको बताइएको छ । त्यसपछि पीडामा बाँचेकी मगन्ती भित्तामा टाँसेको श्रीमानको फोटो हेर्न विवश हुन् । उनी भन्छन्, “आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।”

 

दशवर्षे द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट आफन्त गुमाएका अवस्था यी प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् । राज्यले बेपत्ता परिवारलाई विभिन्न किसिमको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ । दोषीलाई कारबाहीको माग गरेको वर्षौं बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको मागप्रति बेवास्ता गरेको महिला कानून विकास मञ्चका काशीराम चौधरीले बताए । उनी भन्छन्, “बेपत्ता परिवारको घाउमा मलम लगाउने काम समेत राज्यले गर्न सकेको छैन ।”


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

  • 3 minutes ago
यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।

आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

  • 7 minutes ago
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरे

दोहोरो अङ्कले बढ्यो नेप्से

  • 10 minutes ago
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।