क्यानडा जाने नेपाली टोलीको बिदाइ
- मंगलबार, १४ आषाढ, २०७९
- 1 month ago
- खेल

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई सोमबार बिदाइ गरे ।
नेपालले क्यानडासँग दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएका छ । क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ ।
स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।
नेपालले यसअघि खेलेको १६ खेलमा सात खेलमा जीत, आठ खेलमा हार र एक खेल बराबरीसहित १५ अङ्क जोडेको छ । स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ । १४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैटौँ स्थानमा छ । नामिवियाले सात खेलमा जीत तथा सात खेलमा हार बेहोरेको छ ।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिग दुईअन्तर्गत स्कटल्यान्डसँगको खेल चुनौतीपूर्ण रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्यान्डको जस्तै हुने भएकाले यस भ्रमणले लिग–२ का लागि उपयोगी हुने बताए । उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्यान्ड जानेसमेत उल्लेख गरे ।
क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी छन् । नेपाली टोली आज बिहान २ बजे क्यानडा हिँडेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 10 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 1 hour ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 2 hours ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।