यसरी भोकै नबसी पनि तौल घटाउन सकिन्छ

प्रतिकात्मक तस्बिर

एजेन्सी । वैज्ञानिकहरुको एउटा समूहले एउटा यस्तो औषधीको आविष्कार गरेका छन्, जसमा तपाई आफूलाई भोकै नराखी पर्याप्त मात्रामा खाना खाएर आफ्नो शरिरमा रहेको मोटोपन घटाउन सक्नुहुनेछ ।

 

अनुसन्धानकर्ताहरुका अनुसार यो औषधीले तपाईको शरिरमा फ्याट सेल मेटाबोलिज्म बढाएर केबल अतिरिक्त तौललाई घटाउने गर्दछ । वैज्ञानिकहरुले मेटाबोलिक ब्रेकलाई मोटो सेतो कोशिकाहरुमा सक्रिय हुनबाट रोक्नका लागि सहयोगी तत्वको खोज गरेका छन् । मेटाबोलिक ब्रेकलाई रोकेपछि सेतो मोटो कोशिका मेटोबोलिज्म बढाउनमा सक्षम हुने गर्दछ ।

 

अध्ययनकी मुख्य लेखिका टेक्सस मेडिकल शाखा विश्वविद्यालयकी हर्शिनी नीलकांतनका अनुसार फ्याट सेल ब्रेकको क्रिया रोक्नाले एक नयाँ मोटोपनसँग सम्बन्धित प्रणालीका बारेमा थाहा हुने गर्दछ । जसको मद्दतबाट कोशिकाहरुको मेटाबोलिज्म बढाउन तथा सेता मोटा कोशिकाहरुको संख्या कम गर्नमा मद्दत मिलेको थियो । यसबाट मोटोपन र त्यससँग सम्बन्धित मेटाबोलिक बिमारीको मूल कारणको उपचार हुने गर्दछ ।

 

बायोकेमिकल फार्माकोलोजी नामक जर्नलमा प्रकाशित यस हालसालैको अध्ययन अनुसार मोटोपनबाट ग्रस्त मुसाको भोक कम गरेबिना नै उसको शरिरको तौल र रगतमा रहेको कोलेस्टेलको मात्रा उल्लेख्य रुपमा घटाउनका लागि यो औषधी सफल भएको छ ।

 

अध्ययनको सिलसिलामा मुसा मोटो हुदाँसम्म उच्च मोटोपनयुक्त खाना दिइएको थियो । त्यसपछि उसलाई परीक्षणका लागि यो नयाँ औषधी र अर्कोलाई प्लेसबो नामक दबाई पनि दिइएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 5 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 5 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।