सुरूवातमा दिइने कोरोना भ्याक्सिनले केबल लक्षणबाटमात्र बचाउनेछ, संक्रमण भने रोकिनेछैनः डा फाउची

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण तराहीतराहीको अवस्था रहेको छ । कोरोनाका कारण लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितहरुको संख्या करोडौँमा रहेको छ । कोरोना नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन बनाउन लागि परेका छन् । अमेरिका र ब्रिटेनमा आउने एक दुई महिनामा कोरोना भ्याक्सिन बन्ने संकेतहरु देखिएका छन् । 

 

प्रमुख कोरोना एक्सपर्टले चेतावनी दिदै शुरुवाती भ्याक्सीन केवल लक्षण रोक्नका लागिमात्र सफल हुने बताएका छन् । अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थनी फाउचीले सुरुवाती भ्याक्सिन पुर्ण रुपमा कोरोना संक्रमण रोक्ने भन्दा पनि मानिसहरुलाई लक्षणबाट बचाउन प्रयोग हुने बताएका छन् । 

 

उनले भनेका छन्, 'अमेरिकामा हाल चार वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिराखेको छ । भ्याक्सिनको अन्तिम लक्ष्य भनेको कोरोनालाई पुर्ण रुपमा निर्मुल पार्नु नै हो । तर, वैज्ञानिकहरुको प्रमुख पहिलो प्राथमिकता भनेको लक्षणबाट जोगाउनु नै हो ।' 

 

पछिल्लो समय ठुलो संख्यामा मानिसहरु कोरोनाका कारण बिरामी परिराखेका छन्, 'उनीहरुलाई बचाउनु नै प्राथमिकतामा रहेको छ । यदी सफल भएमा मृत्युदर पनि घट्नेछ ।' उनले भने । 

 

कोरोना संक्रमण नियन्त्रणका लागि माक्स र सामाजिक दुरीको प्रयोग अनिवार्य भएको उनले बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि कति समय लाग्छ त्या भन्न नसकिने समेत बताएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 12 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 14 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 19 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।