इन्डोनेसियामा 'फेरी' डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए
- बुधबार, २० आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

जकार्ता । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ ।
उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् ।
उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्पm पर्छ । जाभा यहाँको धेरै जनसङ्ख्या भएको टापूक्षेत्र हो । यहाँ प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् ।
यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् ।
बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् ।
ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि पनि सुमात्रा टापूनजिकै भएको यस्तै अर्को फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।
प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो सङ्ख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
- 10 minutes ago

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
- 25 minutes ago

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन
झापाबाट अवैध सामान बरामद
- 44 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।