१२ औँ इजरायली चलचित्र महोत्सव बिहीबारबाट शुरु

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२ औँ इजरायली चलचित्र महोत्सव बिहीबारबाट शुरु भएको छ । 

 

त्रिदिवसीय महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा आभार व्यक्त गर्दै आर्थिक, सामाजिक र प्रविधि एवं कृषि क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताए । 

 

उनले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन इजरायलमा प्रचार हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमाललगायत आठ हिमशिखर, नदीनाला, वनजङ्गल, वन्यजन्तु, जैविक विविधता, सांस्कृतिक अनेकता र विविध चाडपर्वले चलचित्र छायाङ्कनका लागि अवसर दिएको बताउँदै उहाँले इजरायली चलचित्र निर्मातालाई नेपालमा छायाङ्कनका लागि आग्रह गरे । 

 

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले सन् १९६० मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता इजरायलले सांस्कृतिक प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको इजरायली चलचित्र महोत्सव त्यसैको एउटा शृङ्खला भएको बताए । 

 

ग्लोबल एकाडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) का प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले आफ्नो कलेजको प्रेक्षालयमा चलचित्र महोत्सवको शुभारम्भ भएकामा इजरायली दूतावासप्रति आभार व्यक्त गर्दै स्तरीय होटल व्यवस्थापन शिक्षा आफ्नो संस्थाको मूल मन्त्र भएको बताए । 

 

आइतबारसम्म ठमेलमा प्रदर्शन हुने चलचित्र महोत्सवमा चलचित्र हेर्न चाहनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

  • 36 seconds ago
कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । फुटबल लिजेण्ड पेलेको स्वास्थ अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 9 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 25 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।