आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । 

 

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । 

 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । 

 

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । 

 

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजाआराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । 

 

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

 

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

  • 51 seconds ago
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा विशेष छुट

  • 8 minutes ago
आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा विशेष छुट

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रा.लिसँग सम्झौता गरेको छ । इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त

चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल

  • 17 minutes ago
चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल

काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।