चौध हजारले जोडे फाइबर इन्टरनेट

Global IME
Mega Bank
Norvic Hospital

चितवन । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ ।

 

भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन् । भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताए। 

 

सामग्री अभावका कारण अहिले काम गर्न नसकिएको मिश्रले बताए । “सामान पर्खेर बसेका छौँ, चीनबाट आउने तयारीमा रहेको बुझिएको छ,” उनले भने।  माग गरेअनुसार आएर मङ्सिरसम्म भरतपुर एक्सचेन्जअन्तर्गतका सबै ठाँउमा फाइबर इन्टरनेट पु¥याउने उहाँको भनाइ छ । अहिले राप्ती नगरपालिकाको भण्डारमा फाइबर जडानको काम भइरहेको छ । रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पनि फाइबर इन्टरनेट पुगेको छ  । पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर कार्यालयले काम गरिरहेको मिश्रले बताए ।

 

“जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन्”, उनले भने । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको उनले बताए । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको प्रमुख मिश्रले जानकारी दिए । 

 

कनेक्ट सर्भर काठामाडौँ र हेटौँडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक छिटो चल्ने उनको भनाइ छ । भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिए। 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 4 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।