चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, १९ आषाढ, २०७९
  • 1 month ago
  • अर्थ

काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र  बिपना थापा  लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी स्कुलको उद्घाटन गरेका छन्।

 

काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ। आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे।

 

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिए। अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने भएका छन्।

 

उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए। ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ।’

 

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुने बताए। 

 

आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ। केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने भएको छ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

  • 56 minutes ago
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 2 hours ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 2 hours ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।