खरले छाएको घरमा आगलागी

  • मंगलबार, २४ मंसिर, २०७६
  • 8 months ago
  • नेपाल
फाइल फोटो

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

 

आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा रु एक लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । उनका अनुसार आगो बिहान २ः०० बजेतिर नियन्त्रणमा लिइएको थियो ।

 

दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् । 


थप समाचार

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 9 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।

धनगढीमाई नगरपालिका ‘लकडाउन’

  • 10 minutes ago
धनगढीमाई नगरपालिका ‘लकडाउन’

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 24 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।