स्वीट्जरल्याण्डमा आगलागी, छ जनाको मृत्यु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएको आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । 

 

आगलागी हुँदा भवनभित्र करिब २० जना रहेका बताइएको छ । “भवनमा रहेका अधिकांश व्यक्तिलाई अग्नी नियन्त्रकले सकुशल उद्धार गरेका भएपनि बालबालिकासहित छ जनालाई उद्धार गर्न सकिएन,” सोलुथर्न प्रहरीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । “उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो ।” 

 

घटनाबारे समाचार लिन पुगेका एएफपी फोटो पत्रकारले सहरको मध्यभागमा रहेको भवन आगलागीपछि पूर्णरूपमा कालो भएको बताए । आगलागीबाट त्यहाँका बासिन्दा शोकमग्न बनेको बताउँदै तत्काल क्षतिको विवरण आउन नसकेको उनले बताए । 

 

प्रहरीले आगलागीको कारण नखुलेकोले अनुसन्धान सुरु गरिएको जनाएको छ । राति २ः१० बजे भवनबाट अकस्मात धुँवा निस्केपछि स्थानीयले सुरक्षाका लागि घण्टी बजाएका थिए । सूचना पाउँदासाथ एम्बुलेन्स, अग्नी नियन्त्रक लगायतको दर्जनौँ उद्धारकर्मी घटनास्थल पुगेर थप क्षति हुनबाट बचाएको प्रहरीले जनायो


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 32 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 40 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 57 minutes ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।