किन नेपालका सबै हलमा रिलिज भएन हिन्दी फिल्म ‘संजू’ ?
- प्रतिक्षा भट्ट
- शुक्रबार, १५ आषाढ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । सधैँझै आज शुक्रबार चलचित्र हलहरुमा नयाँ फिल्म रिलीज हुने दिन । नेपालका सबैजसो हलहरुमा आज नयाँ चलचित्र भित्रिने दिन । तर नेपाली दर्शकहरुको व्यग्र प्रतिक्षा रहेको हिन्दी चलचित्र ‘संजू’ यो शुक्रबार सबै हलहरुमा भित्रिन सकेन ।
नेपाली कथानक चलचित्र ‘ए सोल्टिनी’को आज देशभर प्रदर्शनमा आएको छ । यो चलचित्र निमा तामाङ लामाको निर्देशनमा बनेको हो ।
जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा बनेको चलचित्र ‘ए सोल्टिनी’मा दिलकुमार घलान तामाङको निर्माण छ । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बालगायतका कलाकारले अभिनय गरेका छन् ।
बहुप्रतिक्षित हिन्दी चलचित्र ‘संजू’ आजैको मितिमा प्रर्दशनमा आउने भएका कारण आज रिलीज हुने नेपाली चलचित्रका निर्माताहरुले आफ्ना चलचित्रको रिलीज मिति नै सारेका थिए ।
तर वितरकहरुले बढी हिस्सा मागेपछि चलचित्र ‘संजू’ नेपालका केही मात्र हलहरुमा प्रर्दशनमा आएको छ । राजधानीका केही मात्र सिंगल थिएटरहरुमा प्रर्दशनमा आएको छ । यसका साथै दरबारमार्गको ‘क्यूज सिनेमाज’ मा पनि ‘संजू’ प्रर्दशनमा आएको छ ।
सामान्यतया मल्टिप्लेक्सहरुले मंगलबार र बुधबार टिककको मूल्यमा छुट दिदैँ आएको भएपनि नेपालका लागि प्रर्दशनको अधिकार लिएका गोपीकृष्ण मुभिज र चौधरी ग्रुपले धेरै हिस्सा माग्नुको साथै मंगलबार र बुधबार छुट नदिने शर्त राखेपछि हिन्दी चलचित्र ‘संन्जू’ प्रदर्शनमा आउन सकेन ।
बलिउड अभिनेता संजय दत्तको जीवनमा आधारित चलचित्र ‘संजु’ बायोपिक चलचित्र हो । ‘संजु’ मा अभिनेता रणबीर कपूरले मूख्य भूमिका निभाएका छन् अर्थात उनले संजय दत्तको भूमिका निभाएका छन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्मले संजय दत्तको जीवनलाई उजागर गर्ने धेरैको अनुमान रहेको छ । जसले दत्तको जीनवमा आइपरेका अनेकन् उतार चढावहरुलाई देखाएको छ । फिल्मको ट्रेलरपछि त झनै दर्शकको उत्साह निकै नै बढेको थियो ।
चलचित्रमा अनुष्का शर्मा, मनिषा कोईराला, परेश रावल, सोनम कपूर लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।
भारत लगायत विश्वका थुप्रै देशहरुमा फिल्मलाई लिएर निकै नै उत्साह बढेको भारतीय सञ्चार माध्यमहरुले बताउँदै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 11 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।