आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

Norvic Hospital

मोगादिसु। सोमालियाको स्वशासित राज्य सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।

 

केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरूले जनाएका छन् ।

 

सोमालिल्याण्डको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूलाई उद्धृत गर्दै बताइए अनुसार झण्डै एक लाख ६८ हजार मानिस प्रकोपबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

 

त्यसैगरी झण्डै २७७ हेक्टर भूमिमा पनि क्षति पुगेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ । आँधी, बर्षा र बाढीले खेतीयोग्य थुप्रै जमिन पनि काम नलाग्ने बनाएको छ ।

 

‘आँधीका कारण विभिन्न संरचनाहरू, बाटो, माछा मार्ने डुङ्गाहरू, उपचार सामग्रीलगायतको नोक्सानी भएको छ,’ राष्ट्रसंघीय कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

 

झण्डै असी प्रतिशत स्थानीय बासिन्दाको बासस्थान क्षतिग्रस्त भएको छ भने ३३ विद्यालयहरूमा पनि आंशिक प्रभाव परेको छ ।

 

अहिले आएको आँधी सोमालियामा अहिलेसम्म रेकर्ड गरिएका आँधीहरूमध्येको सबैभन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ ।

 

आँधी, बर्षा र बाढीमा परी हजारौँ पशुचौपाया पनि मारिएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।

 

प्रकोपबाट प्रभावितहरूलाई उद्धार र सहयोग पुर्‍याउने कार्य भइरहेको र त्यसमा सुधार भइरहेको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।

 

अधिकारकर्मीहरुले प्रभावितहरु झण्डै ३६ हजार पारिवारका रहेको जानकारी दिएका छन् । बरिडा, कालुला, गुम्बाक्स, मुर्कान्यो, एक्सबो र क्वान्डालाका केही भागहरू सवैभन्दा बढी प्रभावित भएका छन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।