उड्ने कारको निर्माणमा जुट्यो हुण्डाई, सन् २०२३ सम्ममा व्यावसायिक उडान भर्ने दाबी

एजेन्सी । हुण्डाई कम्पनीले उड्ने कार बनाउनको लागि राइड–शेयरिंग सेवा उबरसँग साझेदारी गरेको छ । ति कारहरूलाई उबरको ‘फ्लाइङ् ट्याक्सी सेवा’मा प्रयोग गरिने बताइएको छ । 

 

कम्पनीले सन् २०२३ सम्ममा यस्तो कार तयार गर्ने दाबी समेत गरेको छ । अमेरिकाको लस–भेगासमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शोमा हुण्डाईले उड्ने कारको परिकल्पनालाई सार्वजनिक गरेको हो । 

 

उक्त प्रदर्शनीमा हुण्डाईले एस–एवान नामक उड्ने कारको परिकल्पना सार्वजनिक गरेको थियो । उड्ने कारमा चारजना यात्रु रहन सक्ने बताइएको छ ।

 

हुण्डाईले निर्माण गर्न लागेको उक्त कार भर्टिकल टेक–अफ र ल्याण्डिङ गर्न सक्षम रहने दाबी गरिएको छ । जमिनभन्दा १ हजारदेखि २ हजार फिटको उचाईमा उड्न सक्ने गरि निर्माण गर्न लागिएको कारको अधिकतम गति २ सय ९० किलोमिटर हुने जनाइएको छ । 

 

 

उड्ने कारमा सुरुमा पाइलट राखिने तर पछि त्यसलाई पूर्ण रुपमा अटोनोमस बनाइनेछ । एस–एवान कारले एकचोटी सय किलोमिटरसम्म ट्रिप भर्न सक्ने र त्यसपश्चात पाँचदेखि सात मिनेटभित्रै रिचार्ज गर्न सकिने जनाइएको छ ।

 

उडने कारको चारैतिर सानो खालको पङ्खा जोडिने र यसको लेआउट एक ठूलो हेलिकप्टरको पङ्खाको तुलनामा काम आवाज आउने गरि निर्माण गरिनेछ । 

 

उड्ने कारको परीक्षण उडा मेलबर्न, डलास र लस–एन्जल्स गरी तीन शहरमा गरिने उबरले जनाएको छ । सन् २०२० भित्रै यसको परीक्षण उडान गरी सन् २०२३ सम्ममा यसलाई व्यावसायिक प्रयोजनको लागि प्रयोग गरिनेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा बैठकः कोरोना महामारीबीच कस्तो छ तयारी ?

  • 2 minutes ago
नेकपा बैठकः कोरोना महामारीबीच कस्तो छ तयारी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

  • 9 minutes ago
आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं सस्करण अन्तर्ग को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

  • 17 minutes ago
राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।