खाली पेटमा खान नहुने केही खानाहरु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

 

खाली पेटमा खान नहुने केही खानाहरु यसप्रकार छन्ः

चिया, कफीः खाली पेटमा चिया, कफी पिउनु स्वास्थ्यका लागि सबैभन्दा घातक हुनसक्छ । कफीमा पाइने कैफिनले स्वास्थ्यमा नराम्रो असर पारिदिन्छ । समय मिलाएर कफी सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि बिहानै खाली पेटमा यसले असर गर्ने गर्दछ । त्यस्तै चियामा हुने अधिक एसिडले पनि खाली पेटमा समस्या पैदा गरिदिन्छ ।

 

दहीः दही स्वास्थ्यवर्दक चिज हो, तर खाली पेटमा यसको सेवन गर्नु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक रसायनलाई निम्त्याउने गर्दछ ।

 

केराः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक मात्रामा बढ्न जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैदा हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।

 

गोलभेँडाः गोभेडामा एसिडको मात्रा धेरै हुन्छ । यसले खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । त्यसैले खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारण बन्न सक्छ ।

 

रक्सीः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस् । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।

 

औषधीः औषधी दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगर्नुहोला । डाक्टरहरुको सल्लाह अनुसार मात्र कुनै औषधी सेवन गर्न मिल्ने हुन्छ । खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।

 

सोडाः सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।

 

चटपटेः कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विपन्नको आवास निर्माणका लागि वडाध्यक्ष सेनद्वारा आर्थिक सहयोग

  • 4 minutes ago
विपन्नको आवास निर्माणका लागि वडाध्यक्ष सेनद्वारा आर्थिक सहयोग

तनहुँको भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदमराज सेन ठकुरीले आफ्नो सेवा सुविधाको रकम विपन्नको आवास निर्माणका लागि सहयोग गरेका छन् ।

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

  • 20 minutes ago
अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ। अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्य

राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटेँः राज्यमन्त्री कार्की

  • 20 minutes ago
राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटेँः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबु



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।