आधुनिक फुटबल मैदान निर्माण जारीः निर्धारित समय भित्र सम्पन्न गर्न मुख्यमन्त्री पौडेलको निर्देशन
- शुक्रबार, ११ पुष, २०७६
- 3 years ago
- खेल

काठमाडौँ । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा निर्माणाधीन सो खेदमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने कार्य जारी रहेको छ । प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उनले भने“ खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्छ । ।”
मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तरराष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने बताए । रासससँग कुरा गर्दै उहाँले काममा हुने ढिलाइ कुनै पनि शर्तमा सह्य नहुने बताए । मुख्यमन्त्री पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तरराष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्डहल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्नेगरी काम गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदान र कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माणकार्यसमेत सकिने र फुटबल मैदानको प्यारापिट निर्माणकार्यसमेत तत्काल शुरु गरिने बताउनुभयो । “हाम्रो कार्यकालभित्र सबैखालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तरराष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन्, प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदानहरु बन्छन्, स्थानीय तहहरुमा पनि खेलमैदान निर्माणकार्यलाई प्राथमिकता दिइन्छ ” उनले भने ।
२३ बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 12 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 26 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
- 35 minutes ago

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।