मुख्य देशका विदेशमन्त्रीहरूको दौडधुप

Norvic Hospital

त्रिपोली । विश्वका प्रमुख देशका विदेश मन्त्रीहरूले अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् । 

 

फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदैछन् । 

 

फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुगेका एएफपी समाचार संस्थाले जनाएको छ । 

 

लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुगेका समाचारमा उल्लेख गरिएको छ । उनले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएको छ । 

 

त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायल गएका हुन् । 

 

छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उनी इजरायल गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिएका छन् । 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उनको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताएका छन् । 

 

यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लागेका छन् । 

 

यही जुलाई ३० तारिखका दिन उनी चीन भ्रमणमा आउन लाग्नुभएको बेलायती उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 

 

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लाग्नु भएको सोमबार जानकारी दिइएको छ । 

 

विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।