४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

 

देशभरिबाट करिब ५ सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिएका छन् । उनले भने, ‘कोभिड–१९ का कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेषगरी आन्तरिक पर्यटकको रोजाइँमा बञ्जी परेको छ भने जोडीको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जका लागि देशभरीबाट आह्वान गरेका थियौं ।’

 

उनले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर ५ सय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् ४ जना विजेता हुन सफल भएको बताएका छन् । हाइग्राउण्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एशियामा पहिलो व्यवसायिक टेन्डम भएको उनको भनाई छ । लक्की ड्र बाट काठमाडौंका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडौंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

 

सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताएका छन् । उनले भने, ‘अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको शहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ ।’ उनले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताएका छन् ।

 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान- पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुचि राख्नेका लागि पोखरा उत्कृष्ट गन्तव्य भएको बताए । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाई छ ।

 

प्रवन्धक महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको ३ तारे होटलमा १ रातको खाना र बस्नको सुविधा र टेण्डम बञ्जीको उपहार प्राप्त गरेका छन् । त्यसैगरी फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम सुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा ३ जना विजेता छानिने कम्पनीले जनाएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

  • 13 minutes ago
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।

तौल घटाउने सजिलो उपाय

  • 18 minutes ago
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

  • 25 minutes ago
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौँ । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।