फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतामा अष्ट्रेलियाले गर्यो हस्ताक्षर
- बिहीबार, २ फागुन, २०७५
- 4 years ago
- अष्ट्रेलिया

अष्ट्रेलियाले अन्तत धेरै वर्षदेखि फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । अष्ट्रेलियाले १२ वटा अत्याधुनिक पनडुब्बि बनाउन सोमबार फ्रान्ससँग ५० अर्व अमेरिकी डलर करारमा औपचारिक रुपमा हस्ताक्षर गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले क्यानबेरामा आयोजित एक कार्यक्रममा यो ‘अत्यन्त साहसी योजना’ को प्रशंसा गर्दै रक्षा क्षेत्रमा शान्ति समयमा गरिएको अष्ट्रेलियाको हालसम्मकै सबैभन्दा ठुलो सम्झौता भएको बताएका छन् ।
अष्ट्रेलियाले फ्रान्सको नेवल ग्रुपसँग १२ पनडुब्बिका लागि सम्झौता गरेको हो । यो अष्ट्रेलियाको सबैभन्दा ठुलो रक्षा परियोजना हो । फ्रान्सको जहाज निर्माता नेवल ग्रुपद्वारा गरिएको यो सबैभन्दा ठुलो सम्झौता हो ।
विश्लेषकले भनेका छन्, यो एकदमै ढिलो गरिएको निर्णय हो । अष्ट्रेलियाको उत्तर तथा पुर्व जल क्षेत्रलाई लिएर चीन, अमेरिका र क्षेत्रीय शक्तिहरुसँग गहन संघर्ष चल्दै आइरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 1 minute ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 8 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- 12 minutes ago

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।