'जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्ने'
- सोमबार, ३ माघ, २०७८
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन् ।
संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले राष्ट्रिय हित पूरा गर्न जापान र रुसबीच ऊर्जा लगायतका सम्बन्धलाई बृहत्तर रूपमा विकास गर्ने हाम्रो योजना रहेको बताएका छन् ।
प्रधानमन्त्रीले टोकियोले ‘क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न सन् २०१८ लगायतका पहिले नै अवस्थित सम्झौताहरूको आधारमा रुससँग वार्ता जारी राख्नेछ’ बताएका छन् ।
दोस्रो विश्वयुद्धपछि स्थायी शान्ति सन्धिमा हस्ताक्षर नगरेपछि रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ। मुख्य जटिलता भनेको चारवटा टापुहरू इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई मा केन्द्रित छ ।
ती क्षेत्रलाई रुसले कुरिल र जापानले उत्तरी क्षेत्र भनेर बुझ्ने गरेका छन् ।
सन् २०१८ मा जापान र रुसले सन् १९५६ को जापानी–सोभियत संयुक्त घोषणाको आधारमा शान्ति सन्धिमा वार्तालाई गति दिन सहमत भएका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 28 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 31 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 44 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।