आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई
- बुधबार, १४ मंसिर, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काठमाडौँ– ४ बाट निर्वाचित थापाले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका थापाले आफू पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताए। उनले मंसिर १६ गते शुक्रवारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्णरूपमै संसदीय दलको नेता चयन हुने चुनावमा जुट्ने योजनामा आफू रहेको बताए।
थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्नेसमेत दाबी गरे। ‘शुक्रवारसम्म हामी धन्यवादको कार्यक्रम सकौँ। त्यसपछि अरू काममा जुट्नु पर्नेछ। मेरो त अर्को चुनाव आउँदै छ। मैले त्यो काममा केन्द्रित हुनु छ। केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ। अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौँ।’ थापाले भने, ‘म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनै पर्छ। यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आउँदो चुनावसम्म त्यो काम हुन्छ। पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ। माघबाटै त्यो कानुन बनाउने काम लागौँ।’
महामन्त्री थापाले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि घरघरमै अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।