गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

प्रतिकात्मक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

 

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । 

 

 कोषाध्यक्ष थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते बुधबार भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते आइतबार अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

  • 8 minutes ago
इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

एजेन्सी । कुनै समय इटालीमा कोरोना भाइरसले अत्यन्त प्रभावित बनाएको थियो । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरस चीनपछि इटालीमा देखिएको थियो ।

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 22 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 33 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।