हलिउडमा जमेकी नेपालकी छोरी अमृता
- सोमबार, १५ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

नर्वे । गत वर्ष जब नर्वेजियन एक्ट्रेस अमृता आचरिया ‘गेम अफ थ्रोन’ को दोस्रो सिजनमा मारिइन् तब यस सिरियलका फ्यानहरु निकै दुखी भए ।
इरी नाम गरेको भूमिकामा रहेकी उनले फ्यानहरुमा बडा गज्जबको प्रभाव पारेकी थिइन् ।
बलिउडमा चर्चाको पात्र बनेकी यी अभिनेत्रीकी पिता नेपाली हुन् भने आमा युक्रेनी । उनी काठमाडौमा हुर्केकी हुन् । पछि परिवार बेलायत बसाइँ सरेर गएपछि केही समय लण्डनमा बिताएकी थिइन् ।
उनी १३ वर्षको छँदा उत्तर नर्वेमा बसाइँ सरेका थिए । हाल उनी र उनको परिवार नर्वेमा बस्दै आइरहेका छन् । उनले धेरै संख्यामा स्टेज कार्यक्रम गरेकी छिन् । उनको पहिलो प्रस्तुती रहेको नाटक थियो ‘एलेभेटर’ ।
सानो फिल्म ‘इन द कम्पनी अफ वोल्फ्स’, ब्रिटिस नाटक‘क्याजल्टी’ मा काम गरेकी थिइन् । सन् २०१० को जुलाई २८ मा ‘गेम अफ थ्रोन्स’ मा इरीको भूमिकाको लागि उनी छानिएकी थिइन् ।
पहिलो सिजन गेस्ट स्टारको रुपमा उनी प्रस्तुत भएकी थिइन् । दोस्रो सिजनमा उनको भूमिका भने बोल्ड रहेको थियो । इरी दोस्रो सिजनको मध्यतिर मारिएकी थिइन् ।
उनको क्यारेक्टर मारिएपछि दर्शकहरुले ठूलो आक्रोश पोखेका थिए । उनको भूमिकालाई एकपटक फेरि जीवित बनाइएको छ । नर्वेमा नागरिकता पाउन नसकेपछि उनले उक्त कार्यक्रम छोड्नु परेको थियो ।
तर, उनको परिवारको सदस्यहरुको भने नागरिकता रहेको छ । युरोपमा काम गर्ने भिसा पाएपछि उनको समस्या हल हुने बताइएको छ । उनलाई चार वटा भाषाहरु मज्जाले बोल्न आउँछ । उनले लण्डन एकेडमी अफ लाइभ एण्ड रेकर्डेडबाट आफ्नो अध्ययन पुरा गरेकी हुन् ।
उनले धेरै संख्यामा नाटकहरु खेलेकी छिन् । उनको बलिउडमा पनि डिमाण्ड बढी रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 6 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 14 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 19 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।