यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको भन्दै भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

Norvic Hospital

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । 

 

अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । 

 

झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो । 

 

‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् । 

 

सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए । 

 

भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ । इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ । 

 

गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

 

भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध सङ्घर्ष गरेका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आन्तरिक पर्यटक

  • 1 minute ago
आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

अबुधाबीको इन्धन ट्याङ्की विष्फोटमा तीन जनाको मृत्यु, छ घाइते

  • 4 minutes ago
अबुधाबीको इन्धन ट्याङ्की विष्फोटमा तीन जनाको मृत्यु, छ घाइते

एजेन्सी । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

  • 8 minutes ago
भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख २२ हजार ५७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।