गृहपृष्ठ ∕ नेपाल ∕ ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्युट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु नेपालीपत्र बिहीबार, २०८० भदौ २८ गते, १४:५४ मा प्रकाशित नेपाल उदयपुर। उदयपुरको बेलका नगरपालिका– २ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार बस्नेतको बुधवार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा भएको मासिक बैठकमा सहभागी भएर प्रहरी चौकी भागलपुर फर्कने क्रममा मोटरसाइकलमा सवार प्रसनि बस्नेत सवार मोटरसाइकललाई बेल्टारतिरबाट गाईघाट आउँदै गरेको ना ४ ख ६१८३ नम्बरको ट्रकले चौदण्डीगढी ९ ज्यामिरे भन्ने गाउँमा ठक्कर दिएको थियो।ट्रकको ठक्करबाट घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएकोमा अस्पतालमा उपचार गर्नु भन्दा पहिले नै चिकित्सकले प्रसनि बस्नेतलाई मृत घोषणा गरेका थिए।प्रसनि बस्नेतलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए। #ट्रकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति ? ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु ६ बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal