Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगठबन्धनमा असहजता अनुभूत भयोः अध्यक्ष नेपाल

गठबन्धनमा असहजता अनुभूत भयोः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेपालको राजनीति जटिल रहेको बताए ।

अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरे ।

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ ।’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो

सिड्नी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

कर्णालीका नवनियुक्त मन्त्री रणसिंह परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

Techie IT