त्यो शहर, जुन एक डरको कारणले रातारात खाली हुन पुग्याे

एजेन्सी । विश्वमा कैयौं यस्ता रहस्यहरु रहेका छन् जुन अहिलेसम्म पनि रहस्य नै बनेर बसेका छन् । थुप्रै खोज, अनुसन्धानहरुले पनि पत्ता लगाउन नसकेका थुपै्र रहस्यहरु रहेका छन् ।

 

 

एक यस्तै रहस्यले भरिएको छ साइप्रसको ‘वरोशा’ शहर । कुनै समय अत्यधिक जनघनत्व रहेको थियो यस शहरमा तर अहिले भने यो शहर पुरै खाली रहेको छ । यस शहरलाई विश्वको सबैभन्दा ठूलो ‘घोस्ट टाउन’ अर्थात भुतहरुको शहरको रुपमा चिनिन्छ । यहाँ अग्ला, अग्ला अपार्टमेन्टहरु पनि बनेका छन, तर त्यहाँ कोही बस्दैनन् ।

 

 

यस शहरमा रहेका होटल, आवसीय अपार्टमेन्टहरु देखि लिएर सबै संरचनाहरु अब भग्नावशेषमा परिणत हुने अवस्थामा रहेका छन् । फमागस्ता प्रान्तको वरोशामा एक सानो भूभागलाई छाडेर अन्य किनारहरु सँधैका लागि बन्द गरिएको छ । बन्देज गरिएको यस शहरमा भित्र पस्न त टाढाको कुरा बाहिरबाट तस्बिर खिच्ने प्रयास गरेमा पनि पक्राउ परिनेछ ।

 

 

मिडिया रिपोर्ट अनुसार ४५ वर्ष पहिले यहाँको जनसङ्ख्या करीब ४० हजार रहेको थियो । तर सन् १९७४ मा एक डरको कारणले रातारात पुरै शहर खाली हुन पुग्यो । यस शहरका आसपासका शहरहरु दिन–रात रमणीय र गुन्जायमान रहन्छन् भने तर यो शहर पुरै सुनसान रहन्छ ।

 

 

खासगरी सन् १९७४ जुलाईको महिनामा टर्की सेनाले साइप्रसमा ग्रीस राष्ट्रवादीहरुको बिरोधमा हमला गरेका थिए, त्यसपछि नरसंहारको डरले पुरै शहर एकै रातमा खाली हुन पुग्यो भने शहरका मानिसहरु अन्य आसपासका शहरमा शरण लिन पुगे । टर्कीको हमलाको कारणले साइप्रस दुई भागमा बाँडियो, जसको नाम ग्रीस साइप्रस र टर्की साइप्रस रहेको छ । वरोशा शहर अहिले टर्की सेनाको कब्जामा रहेको छ । यहाँ टर्कीका पेट्रोलिङ्ग टिम आउन सक्छन् । यसका अलावा यहाँ कसैलाई प्रवेश गर्ने अनुमति छैन । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

  • 9 minutes ago
यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

यो पढेपछि रिसाउन छोड्नु हुनेछ

  • 22 minutes ago
यो पढेपछि रिसाउन छोड्नु हुनेछ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

  • 33 minutes ago
गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।