एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...
- सोमबार, ३ माघ, २०७८
- 4 months ago
- विचित्र विश्व

एजेन्सी । जब मानिस प्रेममा असफल हुन्छन्, तब आफ्नो प्रेमि-प्रेमिकालाई फसाउन कुनैपनि हदसम्म पुग्दछन् । यस्तै, घटना एकपटक बाहिर आएको छ, जहाँ एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदनाम गर्न र फसाउन यस्तो हर्कत सम्म गरेकी छन् जसकारण उनी जेल समेत जानुपरेको छ ।
ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।
घटना, बेलायतको लिभरपुलमा बस्ने २० वर्षीया कोर्टनी आयरल्याण्ड र एन्सवर्थमा बस्ने २२ वर्षीय लुईस जोली एक अर्कालाई प्रेम गर्दथे । तर, गत वर्ष यी दुईबीच झगडा भयो । त्यसपछि दुबैले ब्रेकअप गरे । त्यसपछि कोर्टनीले जोलीविरुद्ध यस्तो कर्तुत गरिन् जसकारण जोलीको सर्वनाश हुन पुग्यो ।
मिडिया रिपोर्ट अनुसार, कोर्टनीले जोलीलाई फसाउन र जेल पठाउन ३० फेक इन्स्टाग्राम अकाउन्ट बनाइन् । त्यसपछि आफैलाई त्यस आइडीबाट हत्या गर्ने सम्मको धम्कीपूर्ण म्यासेज पठाइन् । त्यसपछि उनले जोलीविरुद्ध आफूलाई पछ्याउने, अश्लील कमेन्ट गर्ने र उत्पीडन गर्ने आरोप लगाउँदै प्रहरीमा बयान दिइन् । प्रहरीले कोर्टनीको बयान सुनेर जोलीलाई ८१ घण्टासम्म हिरासतमा राखे । यस घटनाले जोलीको जागिर समेत गुम्यो र बदनाम हुन पुगे ।
तर, जब अदालतमा यस घटनाबारे सुनुवाइ भयो, अदालतले इन्स्टाग्रामको म्यासेजको जाँच गर्न आदेश दियो जुन कथित रुपमा जोलीले पठाएका थिए । ती म्यासेजको छानबीन भयो र सत्य बाहिर आयो । छानबीनमा उक्त अकाउन्ट कोर्टनीकै मोबाइलबाट बनाएको पुष्टि भयो ।
जुन सबै म्यासेजको आइपी एड्रेस एकै रहेको थियो । जब कडाईका साथ कोर्टनीलाई पुछताछ गरियो तब उनले आफ्नो अपराध स्वीकार गरिन् । कोर्टनीलाई यसप्रकारको कार्यमा आफ्नो नयाँ बोइफ्रेन्डले पनि साथ दिएको खुल्नमा आयो । अदालतले जोलीलाई सहानूभुती व्यक्त गर्दै कोर्टनीलाई १० महिनाको जेल सजाय सुनायो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 31 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 35 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 48 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।