ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न

१६ प्रतिशत लाभांश पारित

  • बुधबार, २९ पुष, २०७७
  • 1 week ago
  • अर्थ

ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६र७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन मुनाफा ४ अर्व १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

 

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्व ६३ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६र७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो । उहाँले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताउनुभयो । साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उहाँले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले बैंकले सदाझँै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने बताउनुभयो । आर्थिक वर्ष २०७६र७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्व ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्व ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५।३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।

 

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैया भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित साथै आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

 

अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ ९संस्थापक०, रामबहादुर भण्डारी ९संस्थापक०, शुदर्शन कृष्ण श्रेष्ठ ९सर्वसाधारण०, कृष्णप्रसाद शर्मा ९सर्वसाधारण० र दिपक शर्मा पोखरेल ९सर्वसाधारण० रहनुभएको छ । नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ ।

 

प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैंकका शेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 1 hour ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 2 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।