नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

Norvic Hospital
  • मंगलबार, ४ माघ, २०७८
  • 4 months ago
  • नेपाल

काठमाडौं । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । 

 

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । 

 

गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउँछन् । “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उनले भने । ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए ।

 

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । विज्ञहरूको अनुमानमा नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा छन् । यो सबैभन्दा बढी गङ्गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ । गोरखापत्र दैनिक


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

  • 7 minutes ago
विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन

  • 19 minutes ago
‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन

काठमाडौँ। खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा

पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा

  • 21 minutes ago
पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।