चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री बाँस्काेटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे ।
मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन सङ्घलाई आग्रह गर्दै चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने बताए ।
सङ्घका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गरे । वि.सं. २०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट सङ्घका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उनले कानूनबमोजिम त्यो जग्गा उपलब्ध गराउन माग गरे ।
सो अवसरमा अध्यक्ष खड्काले त्यो जग्गा दिन नसकिने भए अन्यत्र शोधभर्ना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्री बाँस्कोटलाई बुझाए ।
तीन दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई पनि ज्ञापनपत्र बुझाई तिरो तिरिरहेको धापासीको जग्गा भोगचलन गर्न पाउनुपर्ने माग गरिएको सङ्घका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
सङ्घले यसअघि नै विधेयकको कलाकार परिभाषामा कलात्मक, सिर्जनात्मक, बौद्धिक, सीपमूलक र श्रम गर्नेलाई बुझाउने भन्ने शब्दावली मात्र प्रयोग गरेकामा अभिनयमूलक शब्द पनि थप गरिनुपर्ने माग गरेको थियो ।
सङ्घको नयाँ नेतृत्व डेढ महिनाअघि निर्वाचित भएको थियो । स्वागत कार्यक्रममा सङ्घका नवचिर्वाचित पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 4 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 11 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 57 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।