मध्यरातमा गोकुल बाँस्कोटाको ट्वीटः संविधान संशोधन त गर्नै पर्छ पर्छ पर्छ
- मंगलबार, ६ माघ, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार राति ११ बजेर ३६ मिनेट जाँदा एक ट्वीट गरेर उनले संविधान संशोधनको विषय उठाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली निकटका नेता बाँस्कोटाले कुन विषयमा संविधान संशोधन गर्ने भन्नेचाँही खुलाएका छैनन् । उनले यसबारेको मत भने समयक्रमसँगै राख्ने बताएका छन् । ‘संविधान त संशोधन गर्नैपर्छ पर्छ पर्छ तर, के–के मा ? मेरा केही मत छन्, जसमा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु । हेरौँ के हुन्छ ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रतिनिधि सभा पुर्नस्थापनाको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेला बाँस्कोटाले संविधान संशोधनको कुरा उठाएका हुन् ।
७० करोड कमिसन काण्डमा नाम जोडिएपछि ओली क्याबिनेटबाट बाँस्कोटाले राजीनामा दिएका थिए । सो अडियो प्रकरणको बारेमा प्रभावकारी तरिकाले छानविन भइरहेको छैन । बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सरकारका प्रवक्ता समेत रहेका उनको 'वाक' शैलीको आलोचना हुने गरेको थियो ।
संबिधान त शंसाेधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ?मेरा केहि मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेराै के हुन्छ?
— Gokul Prasad Baskota (@GokulPBaskota) January 18, 2021
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी
- 12 minutes ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।
फर्निचर उद्योगमा आगलागी
- 24 minutes ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !
- 40 minutes ago

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।