सन र सलाह दुबैले पाए गोल्डेन बुट

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, ९ जेष्ठ, २०७९
  • 1 month ago
  • खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग २०२१–२२ अन्तर्गत २३ गोल गर्न सफल सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका सन हेउङ मिन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् ।

 

सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए । 

 

यस्तै दोस्रो स्थानमा रहेर लिग सकाएको लिभरपुलका लागि मोहमद सलाहले अन्तिम दिन पनि एक गोल गर्दै २३ गोल पुर्याएका हुन् । 

 

प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिँदै आएको छ । 

 

सलाहले सर्वाधिक गोलकर्ता सँगै सर्वाधिक असिस्ट पनि गरे । उनले लिग अवधिभर १३ असिस्ट प्रदान गरेका थिए । २३ गोल गर्ने क्रममा सलाहले ५ गोल पेनाल्टीमार्फत गरे । 

 

यता सनले ३५ खेलमा २३ गोल गरे । उनले कुनै गोल पेनाल्टीमा गरेनन् । उनले ७ असिस्ट पनि प्रदान गरे । सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी समेत हुन् ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 30 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

  • 1 hour ago
सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।