सूर्य नेपाल गल्फ सोमबारबाट

Norvic Hospital
  • आइतबार, १९ मंसिर, २०७८
  • 1 month ago
  • खेल

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ।

 

प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसोसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए। दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन्। यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए। २१ औँ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार पाउने छन्।

 

आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ। जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन्।

 

आयोजकले यसवर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 12 minutes ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 26 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 26 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।