गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत
- बिहीबार, १७ साउन, २०७५
- 4 years ago
- प्रबिधि

बेइजिङ । गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।
सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले “ड्रागनफ्लाई” गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् ।
मानिसले खोजेका कतिपय विषयलाई फिल्टर ९छान्ने० गर्नेगरी यो परियोजनामा काम हुँदैछ । स्रोतका अनुसार, यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ ।
ती कर्मचारीका अनुसार, अमेरिकी सञ्चार माध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी एक करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए । तर यस सम्झौतालाई नवीकरण गरिएन ।
“कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिसहरु ज्यादै पागल हुँदैछन्,” स्रोतले भन्यो ।
गुगलका एकजना प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन चाहेनन् । “हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनीया निर्माताहरुलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनीया कम्पनीमा राम्रै लगानी गरेका छौं,” प्रवक्ता ताज मिडोजले बताए । “तर हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं ।”
द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो । यस परियोजना मार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ ।
इन्टरसेप्टका अनुसार, मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरु कालोसूची (ब्लाकलिस्ट) मा पर्दछन् । चीनको ग्रेट फायरवालले अबरुद्ध गरेका वेबसाइटहरु यो एपले पहिचान र फिल्टर गर्दछ ।
यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्यूयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनीया अधिकारीहरुले हेरेकै आधारमा गुगलको सेवा चीनमा शुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ ।
एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । “चीनको कठोर सेन्सरसीप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिने छ,” प्याट्रिक पूनले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
चीनमा हाल ट्वीटर, फेसबुक र द न्यूयोर्क टाइम्स अखबारका वेबसाइटहरु प्रतिबन्धित छन् ।
सन् २०१० मा गुगलले सेन्सरसीप र ह्याकिङको विवाद पश्चात् चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तैपनि, चीनमा गुगलको अन्य परियोजनामा ७०० मानिस कार्यरत छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 41 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 49 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 52 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।