३० जना तालिवानी लडाकुलाई धुलो चटाउने नेपाली बहादुर गोर्खा आर्मी 'दीपप्रसाद'

Norvic Hospital

एजेन्सी । आज पुरै विश्वमा आतंकविरोधी मिसनहरु चलिरहेका छन् । हतियारका भरमा आतंकवादीहरु आफ्नो माहौल बनाउने रणनीतिमा रहेका छन् । आतंकवादीहरुका कारण प्राय अधिंकाश देशहरुमा भयावह अवस्था रहेको छ । यी आतंकवादीहरुलाई तह लगाउन सैनिक जवानहरु आफ्नो ज्यानको माया मारेर रणभुमिमा उत्रिएका हुन्छन् । सुरक्षा बलका कारण देशका जनताहरुले राहतको महसुस गर्छन्। तर, केही यस्तै घटना भएका छन् जसले आतंकवादीहरुको साहसलाई एक सैनिकले नै चुरचुर पारिदिएका छन् । 

 

यस्तै एउटा परिस्थितिको सामना एक जना गोरखा सैनिकले अफगानिस्तानमा अनुभव गरे । आतंवादीहरुको बीचमा फसेका सैनिक जवान दीप प्रसादले ठुलो साहस देखाउँदै तालिवानी लडाकुलाई घुलो चटाउन सफल भए । विषम परिस्थितिमा आफुलाई सम्हालेका उनले ३० जना तालिवानी लडाकुलाई मार्न सफल भएका थिए । दीपप्रसाद आफ्नो चौकीमा एक्लै तैनाथ रहेका थिए । तालिबानी लडाकुहरुले उनलको चौकीलाई चारै दिशाबाट घेरेका थिए ।

 

जब दीपप्रसादले आफु चौतर्फी रुपमा घेरिएको थाहा पाए तब उनले दरो मनोबल पार्दै उनीहरुसँग भिड्ने निर्णय लिए । दुवैतर्फबाट गोली हानाहान भयो । उनले ग्रेनेड फाले । ग्रेनेड र राइफलको प्रयोग तालिवानी लडाकुले पनि गरे । 

 

तालिवानी लडाकुलाई उनले पनि आफुसँग भएका हतियारले कडा जबाफ दिए । उनको मदतका लागि अन्य सेना आइपुग्दा उनले ३० जना तालिवानी लडाकुलाई मारिसकेका थिए ।  

 

फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत सैनिक जवान दीप प्रसाद पुनलाई सन् २०१० सेप्टेम्बर १७ को राति अफगानिस्तानमाको हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको आज पनि विश्वभर उत्तिकै चर्चा हुने गरेको छ । 

 

उनको जन्म म्याग्दीको पश्चिम् बिम गा.बि स मा भएको हो । बेलायती सेनामा आवद्ध उनले सान्ती सेनाको रूपमा अफगानिस्तान कार्यरत छदाँ उक्त बहादुरी देखाएका हुन् । 

 

करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुन ले ३० जना भन्दा बढी तालीवानीहरुलाई धुलो चटाएका थिए । उनको साहसिकपनको कदर गर्दै बेलायतका रानीले भिक्टोरिया क्रस सम्मान गरेकी प्रदान गरेकी थिइन्।

 

‘आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’ उनले बताएका थिए । 

 

 सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्री झाँक्री अस्पताल भर्ना

  • 9 minutes ago
मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्। बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवा

चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

  • 13 minutes ago
चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउव

स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

  • 24 minutes ago
स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का र्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।